• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीकाे निर्णय

श्रावण ३ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित स्थायी किमिटी बैठकमा एमालेले सो निर्णय गरेको हो।

आफूहरु यसअघि नै प्रतिपक्षी भूमिकामा रहने निर्णय गरिसकेको र आजको बैठकले पनि त्यही निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीको निर्णय प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले के गर्ने भन्ने विषयमा टुङ्गो लागि नसकेको उनले बताए ।

संसदको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कदमले विभिन्न प्रश्न उब्जाएको उनको भनाइ थियो ।