• मंसिर १५ २०८१, शनिबार

कोरोनाको तेस्रो लहर रोक्ने गरी पूर्वतयारी गर्न प्रधानमन्त्री देउवाको निर्देशन

श्रावण ३ २०७८, आईतवार

काठमाडौँ। कोरोना भाइरसको तेस्रो लहर रोक्नका लागि पूर्वतयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । आइतबार (आज) बालुवाटारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव,मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन्।

यस्तै प्रधानमन्त्री देउवाले कोरोनाविरूद्ध खोप खरिदलाई चुस्त रूपमा अगाडि बढाउन र खोप केन्द्रहरू वृद्धि गरी जनतालाई सहज रूपमा खोप लगाउने व्यवस्था गर्न समेत निर्देशन दिएका छन् ।

साथै प्रधानमन्त्री देउवाले कोरोना परीक्षणको दायरा वृद्धि गर्न र अस्पतालहरूमा अक्सिजन लगायतको व्यवस्था मिलाउन पनि निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ।