• मंसिर १५ २०८१, शनिबार

माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमा !

श्रावण २ २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आज (शनिबार) दिउँसो प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर जानुभएको थियो । उहाँहरूबीच पछिल्लो राजनीतिक अवस्था र सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

आइतबार प्रतिनिधिसभा बैठक बस्न लागेकाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको सन्दर्भमा पनि उहाँहरूबीच छलफल भएको बुझिएको छ । नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उहाँकै निवास गएर छलफल गर्नुभएको थियो ।

छलफलमा नेपालले प्रतिनिधिसभा बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने आश्वासन दिनुभएको थियो ।