• मंसिर १५ २०८१, शनिबार

ठाकुर पक्षका जसपाका पाँच सांसद यादवतिर

श्रावण २ २०७८, शनिबार

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षतिर लागेका छन् । बालकुमारीस्थित पार्टी कार्यालमा जारी यादव पक्षको संसदीय दलको अनौपचारिक बैठकमा अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ सहभागी भएका हुन् । थप केही सांसद पनि आउने क्रममा रहेको बताइएकाे छ । यसअघि उनीहरू ठाकुर पक्षको बैठकमा सहभागी हुँदै आएका थिए ।

यसअघि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए।

साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक ताेकिएकाे छ ।