काठमाडौँ। नेपाली काँग्रेस पार्टीको संस्थापक कोइराला परिवारबीच लञ्च मिटिङ भएको छ । शेखर कोइरालाको आग्रहमा महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा शशांक, शेखर र सुजाता कोइरालाबीच २ घण्टा लामो लञ्च मिटिङ भएको हो ।
नेतृ सुजाताका अनुसार छलफलमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार निर्माणपछिको राजनीतिक परिस्थितिबारे कुराकानी भएको र कोइराला परिवारको नेताबीच कुनै झगडा नरहेको भन्दै एकताको सन्देश दिन लञ्च मिटिङ गरिएको हो ।
, ‘हाम्रो लञ्च मिटिङ भइराख्छ । हामी एकदमै मिलेका छौं । हामीहरूको बीचमा एकता छ । हामीहरुले सबै मिलेर नै जाने हो । कोइराला परिवारमा झगडा छ भन्ने हल्ला गर्छन् । त्यस्तो केही छैन । हामीबीच एकदमै समझदारी, सद्भाव र माया छ । हामी सबै संघर्ष गरेर आएको राम्रो पक्ष छ ।’उनले भनिन्।