• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेसको पदाधिकारीको बैठक सुरु

श्रावण १ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह ३ बजे बैठक सुरु भएको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको बैठकमा कांग्रेसको आसन्न १४औं महाधिवेशनबारे छलफल हुने बताइएको छ।

साथै बैठकमा क्रियाशील सदस्यता, पार्टीबाट सरकारमा जाने नेताहरुको नाम तय गर्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा तय गरिएको छ।