म चाहन्न
मेरो देशका सम्पूर्ण युवाहरु विदेशमा गई
कर्म गरेर पठाएका रगत पसिनामा
होली खेल्दै आफ्नो मुहार
रङ्गीन पार्न ।
किनकी
मेरो देशका कैयौँ उर्वर समथर भूमी
बाँझो भई उजाड मरुभूमिमा
रुपान्तरित बन्दैछ ।
म चाहन्न
मेरो मातृभूमिमा विश्वले सहयोग गरेकै
कारण आफ्नो वीरताको इतिहाससँग
भिखारी जीवन साटासाट गर्दै
निरिह जीवन बाँच्न ।
किनकि
म स्वदेशमै आफ्नै पौरख र पसिनामा
विश्वस गर्ने परिश्रमै रमाउँदै
हिराका सिरक सुनका डसना
चाँदीका सिरानी ओछ्याएर
सुतेको नेपाली हुँ ।
म चाहन्न
मेरो राष्ट्रका युवा विदेशी सेनामा भर्ति भई
विदेशी भूमिमा विजयीहुँदै नाम कमाई
विश्वसामु चम्किएका छन् भनी
गर्वका साथ बोल्न ।
किनकी
मेरो देश आज विदेशीका सामु गुलामी भई
स्वदेशी सीमानाहरु मिचाइमा पर्दै
छिमेकीका इसारामा खुम्चिएर
नाच्दै गाउँदै आँशुमा पोखरीमा
डुबुल्की मार्दै बस्न बाध्य छ ।
म चाहन्न
मेरो राष्ट्रको राष्ट्र नायकले राज्यको शासन
सत्ताको बागडोर समाल्दै गर्दा
विदेशी छाउराहरु राज्यका
मर्यादालाई कुल्चँदै
सिधै आएर बधाई
दिउन भनेर ।
किनकी
यो मेरो देश पनि विश्व मानचित्रमा
छुट्टै र सार्वभौम सत्तालाई
आत्मसाथ गरी आफ्नै
स्वाभिमान र राज्यका नीति
एवम् मर्यादा क्रमलाई
पहिलो प्राथमिकता दिने
अनुशासित मुलुक हो ।