काठमाडौँ। चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्।
यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ।