• मंसिर १५ २०८१, शनिबार

अर्थमन्त्री शर्माले गरे श्वेतपत्र ल्याउने घोषणा

श्रावण १ २०७८, शुक्रबार

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले सो कुरा बताएका हुन् । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको हो ।

‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर श्वेतपत्र ल्याइने छ ।