काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा शुक्रबार (आज ) दिउँसो २ बजे बैठक बस्न लागेको हो।
काँग्रेस नेतृ डा. डिला संग्रौलाका अनुसार आजको बैठकमा काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताका सम्बन्धमा छलफल केन्द्रित हुनेछ।
आगामी भदौं १६ देखि १९ गतेसम्म हुने भनिएको काँग्रेस महाधिवेशन समयमै सम्पन्न गर्न नसके यसको विकल्पका बारेमा पनि सोच्नुपर्ने समेत काँग्रेसका नेताहरुले बताउदै आएका छन् । काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धमा असार मसान्तसम्म टुंगो लगाउने बताउदै आएको थियो ।