काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता भएको छ ।
नेता धर्मेन्द्र बास्तोलालाई लिएर शुक्रबार विहान भट्टराई निवास पुगेर विप्लवले भट्टराईसित भेटवार्ता गरेका हुन् । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् ।
विप्लवले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुर, खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । यस्तै विहीबार कोटेश्वर पुगेर एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।
विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले भेटघाटमा तीव्रता दिएपछि पूर्वमाओवादी समूहरूको एकता बहसमा आएको छ ।