काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।
आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।
आज प्रधानमन्त्री देउवालाई भेटन् देउवा निवास बूढानीलकण्ठ पुगेका बेरीले भेटमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच थप के विषयमा वार्तालाप भयो भन्ने खुलाइएको छैन ।
राजनीतिक टिप्पणीकारहरुले बहुचर्चित विषय एमसीसीबारे कुराकानी भएको हुन सक्ने अनुमान गरेका छन् ।