• मंसिर १५ २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक साउन ३ मा बोलाउन सरकारको सिफारिस

असार ३१ २०७८, बिहीबार

काठमाडौं । सरकारले आगामी साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफरिस गर्ने निर्णय गरेको हो ।

गत जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर, सर्वोच्च अदालतले संसद पुनस्र्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले पुनःस्थापित प्रतिनिधिसभा बैठकको अधिवेशन बोलाउने निर्णय गरेको हो ।