काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ।
यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।