• बैशाख ६ २०८२, शनिबार

अमेरिकामा नेपालीले नेपालीलाई गोली हानी मारे

असार ३१ २०७८, बिहीबार

वासिङटन । अमेरिकामा एकजना नेपालीले नेपालीलाई नै गोली हानि मारेका छन् । न्यूजजर्सीस्थित मावा शहरमा नेपालीले र्आ नेपालीलाई गोली हानी हत्या गरेका हुन् ।

गत सोमबार राति ९ः४४ मा न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने २३ वर्षिय मिलन घिमिरेले ५६ वर्षिय फू छेवाङ्गलाई गोली हानी हत्या गरेका हुन् । गोली प्रहार गरेपछि घिमिरेले आफै प्रहरीलाई खबर गरेका थिए ।

घिमिरे र छेवाङ्गसँगै काम गर्ने सहकर्मी हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौँ पटक गोली प्रहार गरेका थिए । छेवाङ्गको शव घटनास्थलमै फेला परेको थियो । घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी विभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको छ ।

घिमिरेलाई हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या, गैरकानुनी रुपमा बन्दुक प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी, अनुमतिबिना बन्दुक राखेकोमा दोश्रो दर्जाको आरोप लगाईएको उजुरीमा लेखिएको छ । मावा प्रहरी विभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गोली काण्डबारे थप अनुसन्धान गरिरहेको छ ।