काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै देउवाले त्यस्तो निर्देशन दिएको सीसीएमसीले जनाएको छ ।