काठमाडौं । काँग्रेस–माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’ प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ ।
एकमात्र सांसद दुर्गा पौडेलले काँग्रेस–माओवादी–जसपा गठबन्धनमा साथ दिँदै आएकी थिइन् । उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए । तर, पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको छ ।