काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।
नेपालको निवासमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुने बुझिएको छ।
माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।
पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।