• मंसिर १५ २०८१, शनिबार

ओली विदा भए तर ओली प्रवृत्ति कायमै छ है : डा. भट्टराई

असार ३० २०७८, बुधबार

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओली विदा भए पनि ओलीप्रवृत्ति कायम रहेको बताएका छन् ।

भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ओली प्रवृत्ति विरुद्ध लड्न शुभकामना दिँदै यो कुरा बताएका हुन् । उनले ओली प्रवृत्ति सबैतिर कायम रहेको बताए ।

उनले राज्य दोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटलिजम नै नेपालको अर्थतन्त्रको मूल प्रवाह रहेको र बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र रहेको भन्दै यसविरुद्ध लड्नुपर्ने बताए ।

‘ओली विदा भए तर ओली प्रवृत्ति सबैतिर कायमै छ है । भट्टराईले हिजो ट्वीट गर्दै भनेका छन्, ‘अर्धज्ञान र अहंकारको घातक कक्टेल हाम्रो संस्कृति । राज्य दोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटलिजम हाम्रो अर्थतन्त्रको मूल प्रवाह । बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र । नवगठित सरकारलाई यसविरुद्ध लड्न शुभकामना ।’