• मंसिर १५ २०८१, शनिबार

कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा उपस्थित

असार ३० २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार काठमाडौँ विशेष अदालतमा उपस्थित भएका छन् । अदालतले उपस्थित हुन पटक-पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज भने अदालतमा उपस्थित भएका हुन् ।

ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व-उपप्रधानमन्त्री समेत रहेका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए।

आज अदालतमा पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी भएको बताइएको छ ।

बालुवाटारको ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो ।