काठमाडौँ। जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशबासीका नाममा सम्बाेधन गर्दै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
जुलाई देखि अगस्टसम्ममा खोप नेपाल आइपुग्ने गरी खोप उपलब्ध गराउने बताइएकाे छ । उपलब्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे लगाएका नागरिकलाई लगाउन उपयुक्त हुने छ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउने छन् ।
मंगलबार जापानले नेपालसहितका एसियाली मुलुकहरुलाई कोभ्याक्सबाट ११ मिलियन डोज दिने जनाएको थियो । सोही हिस्साबाट नेपालले खोप प्राप्त गर्न लागेको बताइएको छ ।