काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन् ।
दुई नेताबीचको भेटमा माओवादीले पाउने मन्त्रालयका बारेमा छलफल भए पनि के निश्कर्ष निस्कियो भन्ने विवरण सार्वजनिक भएको छैन ।
यसअघि पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै
मन्त्रालयहरूको टुंगो लगाउले निर्णय गरेको थियो ।