काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकार गठन एवम् राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।
पछिल्लो समय सर्वोच्च अदालतको सोमबारको फैसलाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुदैछन् ।