• मंसिर १० २०८१, सोमबार

चीनबाट ल्याएको खोप विदेश जानेलाई पहिले दिइने

असार २९ २०७८, मंगलवार

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली श्रमिलाई लागि खोप लगाइने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणमा उनीहरुलाई प्राथमिकतामा उनीहरुलाई राखिएको छ ।

खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहचालकलाई पनि खोप दिइने जनाइएको छ । खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए ।

खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने र खर्च पनि स्वयमले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।

कतारबाट घर बिदामा आएका बाग्लुुङका विशाल अधिकारीको कम्पनीले दिएको बिदा सकिएको एक महिना भइसक्दा पनि जान नपाएको बताए । श्

रमिक अधिकारीले भने, “कतार गएर होटल क्वारेन्टाइनमा बसेको पैसा तिर्नसक्ने अवस्था छैन । त्यसैले सरकारले हामीजस्ता श्रमिकका लागि खोपको व्यवस्था गरिदिए हुन्थ्यो ।

“स्वदेशमै केही गरौँ भने पनि लगानी गर्ने पैसा छैन । ऋण गरेर स्वदेशमै केही गरौँ भने पनि कसैले पत्याउँदैन,” अधिकारी भने, “विदेश नगई उपाय नै छैन, नगए कसरी घर चलाउने र ? सरकारले हामीजस्ताका लागि जसरी पनि आएका खोपलाई प्राथमिकतामा राखेर खोप दिनुप–यो । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।