• मंसिर १५ २०८१, शनिबार

राष्ट्रपति भण्डारीबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्यको घोषणा

असार २८ २०७८, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

सोमबार एक सूचनामार्फत् संघीय संसद् सचिवालयले राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी गराएको छ । जारी सूचनामा राष्ट्रिय सभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरिएको र मंगलबार दिउँसो ३ बस्ने भनिएको बैठक पनि अन्त्य गरिएको छ ।