काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् ।
आज सोमबार विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला शीतल निवासबाट भोलि मंगलबार सपथ ग्रहणका लागि खबर आएपछि सानो मन्त्रीमण्डल गठन गर्ने छलफल भएको हो ।
सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए ।
आज सोमबार विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला शीतल निवासबाट भोलि मंगलबार सपथ ग्रहणका लागि खबर आएको काँग्रेस नेताहरुले बैठकमा जानकारी गराएका थिए । त्यसपछि नेताहरुले सरकार कस्तो बनाउने भन्नेबारे छलफल गरेका थिए ।