• मंसिर १५ २०८१, शनिबार

सर्वाेच्चको फैसला गलत छ, तर हामी स्वीकार गर्न तयार छौँ : सुवास नेम्वाङ

असार २८ २०७८, सोमबार

काठमाडौँ। नेकपा एमालेको ओली समूहका नेता सुवास नेम्वाङले सर्वाेच्च अदालतले जारी गरेको संसद् पुनर्स्थापना गलत रहँदारहँदै पनि आफूहरुले स्वीकार गर्न तयार रहेको बताएका छन् । सोमबार सर्वाेच्चले गरेको संसद् विघटन पुनःस्थापना गलत रहे पनि आफूहरु स्वीकार गर्न तयार रहेको उनले बताए ।

उनले भने, ‘सर्वाेच्चको फैसला प्रति हामी सहमत हुन सक्दैनौँ । असहमत हुँदाहुँदै पनि कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको कारण सर्वोच्च अदालतको यो गलत निर्णयलाई हामी स्वीकार गर्न तयार छौँ ।’

उनले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता वमोजिम निरन्तर संघर्षमा जाने पनि बताए ।