• मंसिर १५ २०८१, शनिबार

देउवा निवासमा मनाइयो खुशीयाली

असार २८ २०७८, सोमबार

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा खुशीयाली मनाइएको छ । सर्वोच्च अदालतले
देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै बूढानीलकण्ठमा खुसीयाली मनाइएको हो ।

देउवा निवासमा भेला भएका नेता कार्यकर्ताले देउवालाई बधाई दिँदै उनलाई फूलमाला लगाइदिएका छन् । देउवा बूढानीलकण्ठमा नेता कार्यकर्तासँग हँसमुख मुद्रामा देखिन्थे भने उनले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

देउवा निवासमा अदालतको फैसलासँगै चहलपहल बनेको छ । अदालतले एक साताभित्र प्रतिनिधिसभा बैठक बोलाउँदै प्रतिनिधिसभा विघटन बदर पनि गरिदिएको छ ।