• मंसिर १५ २०८१, शनिबार

सर्वोच्चको फैसलाप्रति थापाको टिप्पणी -‘सर्वोच्च अदालतमा गोरु ब्यायो’

असार २८ २०७८, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई ‘अदालतमा गोरु ब्याएको’ भन्दै टिप्पणी गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिए ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।”

सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको उनको भनाइ छ ।