• मंसिर १५ २०८१, शनिबार

सर्वोच्चको फैसलापछि काँग्रेस शीर्ष नेता बूढानीलकण्ठमा

असार २८ २०७८, सोमबार

काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेसँगै काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् ।

सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ ।

काँग्रेसका शीर्ष नेताहरु देउवा निवास पुगिसकेका स्रोतले जनाएको छ । आजै विपक्षी गठबन्धनका नेताहरूसँग पनि छलफल गर्ने कांग्रेसको तयारी छ । सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।