काठमाडौँ। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको हो ।
पार्टीभित्र देखा परेका विवाद समाधान गर्न कार्यदलले आइतबार १० बुँदे सहमति गरेको थियो । त्यो सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी रहेको बताइएको छ।
तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र कार्यदलले गरेको उक्त सहमतिबारे असन्तुष्टि छ। नेपाल आफैँले पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी कार्यदलको सहमतिलाई गलत रूपमा व्याख्या गर्न नहुने बताइरहेका छन् ।