काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज विहान आइपीओ बाँडफाँट भएको हो।
३६ हजार ३ सय ४९ जनाले १० कित्ताका दरले सेयर हात पोका छन् भने २ जनालाई एक एक कित्ता थप गरि सेयर बाँटफाँट गरिएको छ । यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणबाट माग भन्दा ७३ दशमलव १० गुणा बढी आवेदन परेको जानकारी दिइएको छ ।
मनकामना स्मार्टले असार १७ गतेदेखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ० दशमलव ५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।
आइपीओको नतिजा एनएमबि क्यापिटलको वेबसाइट र मेरो शेयर,मनकामना स्मार्ट लघुवित्तको वेबसाइट तथा सिडीएस एण्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिन्छा।