• मंसिर १२ २०८१, बुधबार

काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख डोज कोरोना खोप

असार २८ २०७८, सोमबार

काठमाडौँ। अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो।

कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ । प्राप्त भएको उक्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको बताइएको छ ।