सामसुङले ग्यालेक्सी ए–२२ बजारमा ल्याएको छ । ४८ मेगापिक्सल क्वाड क्यामरा, ५ हजार एम्पिएयर ब्याट्री लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।
सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणयरत्न स्थापितले यो सेगमेन्टका फोनमा उत्कृष्ट फिचरसहित सहुलियत मूल्य रहेको बताए । यसमा १२३ डिग्रीको फिलल्ड भ्यु युक्त ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानव आँखाले जस्तो देख्दछ तेस्तै फोटो कैद गर्ने कम्पनीको दाबी छ ।
ग्यालेक्सी ए–२२ ब्ल्याक, मिन्ट र भ्वोइलेट रंगहरुमा उपलब्ध रहेको छ । ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २८ हजार रहेको कम्पनीले जनाएको छ ।