• आश्विन १३ २०८१, आईतवार

शरीर तन्दुरुस्त राख्न यी आसन गर्नुहोस्

असार २७ २०७८, आईतवार

मानिसको शरीरमा स्टामिना कमी हुँदा आलस्यता पैदा हुन्छ । जसले गर्दा मानिस कुनैपनि काम पनि राम्रोसँग गर्न सक्दैन ।
स्टामिना बढाउनको लागि मानिसले आफ्नो खानपान र नृत्यकर्ममा विषेश ध्यान दिनुपर्छ । यदि तपाईंको शरीरमा स्टामिनाको कमि छ भने बिहानबिहान योग गर्नु पर्ने हुन्छ । यदि प्रत्यक दिन नियम बनाएर योग गर्यो भने शरीरमा स्टामिनाको कमी महशुस हुँदैन ।

उष्ट्रासन

उष्ट्रासनमा योग गर्दा स्टामिना बढ्दछ । यस आसनलाई कमल आसन पनि भन्ने गरिन्छ । यो आसन गर्नका लागि घुडा टेकेर बस्ने र पछाडीतर्फ निहुँरिदै शरीरलाई धनुष आकारको स्ट्रेच बनाउँदै आफ्नो हातले खुट्टाको पैताला छुने । १५ देखि २० सेकेण्डसम्म यही आसन बनाइ राख्नुपर्छ ।

सेतुबंधासन

शरीरको लागि यो आसन निकै नै फाइदाजनक हुन्छ । सेतुबंधासन गर्नाले शरीरलाई पर्र्याप्त मात्रामा उर्जा मिल्छ । यो आसन नियमित गर्नाले खराब पाचन प्रणालीमा पनि सुधार आउँछ । यो आसन जो कसैले पनि सजिलै गर्न सक्ने सरल आसन मध्येको एक हो ।

नौकासन

शरीरमा स्टामिना बढाउनको लागि गरिने आसन मध्य यो सरल श्रेणीमा पर्दछ । नौकासनले शरीरमा स्ट्रेमिना बढाउनुका साथै शरीरको वजन पनि घटाउन मद्दत गर्छ । यो अभ्यास आफ्नो क्षमता अनुसार गर्नुपर्छ ।