काठमाडौँ। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य घनश्याम भुसालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।
आइतबार दिउँसो सिंहदरबारमा कार्यदलको छलफल भइरहेका बेला नेता भुसाल नेपाललाई भेट्न कोटेश्वर गएका हुन् । नेपालसँग छलफल गरेर उनी पुनः वार्तास्थलमा पुगेका छन् ।
नेता नेपालसँग कुराकानी गरेर भूसाल फर्किए पछि पनि कार्यदलको बैठक चलिरहेको छ ।
कार्यदलको बैठक नसकिएका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक बस्न सकेको छैन ।