काठमाडौँ। । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौँको माइतीघरमा आइतबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले शंख फुकेर विरोध जनाएका हुन्
विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्यांकर सञ्चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने उनीहरुको कार्यक्रम छ ।