गण्डकी प्रदेशमा कोभिड-१९ को नयाँ भेरियन्ट डेल्टा फेला परेको पुष्टि भएको छ । नयाँ भेरियन्टको आशंकामा गत जेठ ३१ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो ।
डेल्टा भेरियन्ट पुष्टि हुनेमा स्याङजाको कालीगण्डकी गाउँपालिकाका दुईजना पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तीन जना महिला रहेका छन् ।
डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले आग्रह गरेका छन्।