काठमाडौं । एमाले कार्यदलको बैठक समय सुरु हुन सकेको छैन । विहान ८ बजे बैठक बस्ने भनिएको बैठक ९ बजे पनि सुरु हुन सकेको छैन ।
अध्यक्ष केपी ओली पक्ष सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगिसकेको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अहिलेसम्म सिंहदरबार गएको छैन ।
उनीहरु नेता नेपालसँग उनको कोटेश्वरमा विहान ८ बजेदेखि छलफलमा छन् । ओली पक्ष नेपाल पक्षका कार्यदलका सदस्यको पखाईमा छ ।
शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरु आज विहान बस्ने बैठकले सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए । केही प्राविधिक कुरा मात्र सहमति हुन बाँकी रहेको भन्दै आजको बैठकले त्यसलाई टुंग्याउने उनीहरुको भनाइ थियो ।