• फाल्गुन २४ २०८२, आईतवार

धेरै सुत्ने बानी कसरी हटाउने?

असार २६ २०७८, शनिबार

‘बानी’ भनेको हामीले चाहेअनुसार परिवर्तन गर्न सकिने कुरा हो। यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरी? एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ।

तपाईँलाई आवश्यक पर्ने निन्द्राको समयको मूल्याङ्कन गर्नुहोस्। तर ८ घण्टा भन्दा बढि नहोस्।

उठ्ने समयलाई निर्धारण गर्नुहोस्। कार्यालयको समय अथवा परिवारको चाहनाअनुसार आफ्नो उठ्ने समयलाई निर्धारण गर्न सकिन्छ।

हरेक दिन त्यहि समयमा उठ्ने बानी गर्नुहोस्। बिदाको दिन होस् या कामको दिन, त्यहि समयमा उठ्नुहोस्।

कोठाभरी नै आलरम घडी राख्नुहोस्। जब आलरम बज्छ, उठिहाल्नुहोस्। स्नुज गर्ने काम नगर्नुहोस्। सकेसम्म घडीलाई सुतेको ठाउँबाट टाढै राख्नुहोस्।

हरेक रात एउटै समयमा सुत्ने गर्नुहोस्।

यहि तालिकालाई दृढ भएर कम्तीमा पनि २ हप्ता पालना गर्नुहोस्। अनि आफैले फरक पाउन सक्नुहुन्छ।

यो तालिका अपनाएर तपाईँको सुत्ने बानीमा सुधार आयो र पछि फेरि त्यस्तै ‘धेरै सुत्ने’ बानी लाग्यो भने चाहिँ अब स्वास्थ्य चौकी जानुपर्ने बेला भयो भनेर बुझ्नुहोस्। माथि नै उल्लेख गरेअनुसार, यस्तो बानी भनेको विभिन्न खतरनाक समस्याको लक्षण हुन सक्छ।