• मंसिर ७ २०८१, शुक्रबार

नेता मल्लको पहलमा खाँडाचक्र–८ मा सोलार वितरण

असार २६ २०७८, शनिबार

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ८ का ४५० घरधुरीलाई नेकपा माओवादी केन्द्र कालिकोटका सचिवालय सदस्य तथा खाँडाचक्र नगर समिति सहइञ्चार्ज गोगनबहादुर मल्ल ‘युनाइटेड’ को पहलमा मुख्यमन्त्री उज्यालो कार्यक्रम अन्तर्गत ८० वाटको सोलार सेट हस्तान्तरण गरिएको छ । सोलार सेट उपहारस्वरुप पाएपछि जनता खुसी भएका छन् ।

अब टुकी र झर्को बालेर बच्चालाई पढाउनु पर्ने बाध्यताको अन्त्य भएको उनीहरुको भनाई रहेको छ । सोलारको बत्ति ल्याउन पहल गरिदिएकोमा युवा नेता मल्ललाई उनीहरुले धन्यवाद दिएका छन् ।

वडाबासी जनतासँग खुसी बाँड्दै मल्लले आफूहरु सदैव जनताकै साथमा रहेको र अझैपनि वडामा पर्ने हरेक समस्याको समाधान गर्ने र जनताकै सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

युवा नेता मल्लले विषम परिस्थितिमा वडा बासीलाई थुप्रै सहयोग गर्दै आएका छन् । मल्लले पहिलो पटक नेपालमा कोरोना भाइरस फैलँदा वडाबासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडा स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरुका लागि पिपिई सेट लगायत स्वास्थ्य सामग्री, वडा मात्रै नभइ समग्र नगरबासीलाई नै पुग्ने गरी इम्युनिटी पावर बढाउने होमियोप्याथिक नामक औषधि, वडाका सम्पूर्ण घरधुरी प्रत्यकलाई खाद्यान्न सहयोग, स्वास्थ्य सुरक्षा सामाग्री मास्क र साबुन लगायतका थुप्रै सामाग्रीहरु जुटाउन पहल गरेका थिए ।

नेता मल्लको पहलमा वडामा विद्यालयका गुणस्तरीय भवन, खानेपानी, ग्रामिण सडक लगायतका थुप्रै आयोजनाहरु निर्माण भैरहेका छन् ।
उक्त सोलार वितरण कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे, उपप्रमुख विजया विष्ट, वडाप्रमुख आदिचन्द्र चौलागाईं, वडाका बुद्धिजीवी लालबहादुर मल्ल, जनप्रभात माध्यमिक विद्यालय सेरावायाका प्रधानाध्यापक पदमबहादुर मल्ल, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’, जिल्ला सचिवालय सदस्य खेमबहादु सिंह, खाँडाचक्र नगर समिति अध्यक्ष धनलाल अधिकारी, अनेरास्ववियुका केन्द्रीय सदस्य हिक्मतजंग मल्ल लगायतका नेताहरुको उपस्थित रहेको थियो ।