• मंसिर १२ २०८१, बुधबार

१५ लाख भन्दा बढी नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउँदै अमेरिका

असार २५ २०७८, शुक्रबार

काठमाडौं । अमेरिकाले नेपालमा १५ लाख भन्दा बढी नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आज आफ्नो फेसबुक पेज मार्फत सो कुराको जानकारी गराउदै सन्देशमा यस्तो लेखेका छन् – ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।’