• मंसिर १५ २०८१, शनिबार

कार्यदल बैठकबाट निस्किएका रघुजी पन्तले भने – ‘फाइन रूप दिने प्रयास जारी छ’

असार २५ २०७८, शुक्रबार

काठमाडौं । एमाले कार्यदलको बैठकबाट शंकर पोखरेलपछि रघुजी पन्त पनि बाहिरिएका छन् । सिंहदरबारमा जारी बैठकमा अरू कार्यदलका सदस्यहरूबीच भने छलफल भइरहेको बेठकबाट बाहिरिएका नेता पन्तले जानकारी दिए ।

उनले आजको बैठकमा एकताका लागि तयार पारिएकाे मस्यौदामा कार्यदलका सदस्यहरूले आफ्नो विचार राखेको बताए । उनका अनुसार सो मस्यौदालाई आजै पूर्णता दिने तयारी गरिएको छ ।

“एकताका लागि तयार पारिएको मस्यौदामा छलफल भयो । हामीलाई लागेका कुराहरू राख्यौँ । हाम्रा सुझावलाई समेटेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णता दिइने तयारी भएको छ । बैठक चलिरहेको छ, फाइन रूप दिने प्रयास भइरहेको छ,” उनले भने ।

कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक रहेको बताइरहेका छन् ।