• मंसिर १२ २०८१, बुधबार

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण दिने

असार २५ २०७८, शुक्रबार

काठमाडौँ। विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् करिव १२ अर्ब रुपैयाँ ऋण दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले नेपालको शिक्षा एवं स्वास्थ्य क्षेत्र सुधारका लागि सो ऋण दिने प्रस्ताव अनुमोदन गरेको हो । बैंकले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि ५/५ करोड डलर सहयोग गर्ने जनाएको छ ।

बैंकले सरकारी विद्यालय विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन प्रणाली सुधारका लागि सहयोग गर्दै आएको छ ।

नेपाल, मालदिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद जारभोसले स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने बताए ।