आजकल थाइराइडको समस्या विकराल बन्दै गइरहेको छ । विशेषगरी महिलाहरूमा यो समस्या धेरै देखिन्छ । थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३० र ट्राइआयोडो थाइरोनीन) टी–४० हर्मोन उत्पादन गर्छ ।
थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ । खानपान सही भयो भने थाइराइडको समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।
यहाँ हामी थाइराइड भएका मानिसले खानै नहुने खानेकुराका बारेमा बताउँदैछौं ।
काउली र बन्दाकोपी
काउली र बन्दाकोपीमा गाइट्रोगनको मात्रा अत्यधिक हुन्छ । त्यसले गर्दा हर्मोन असन्तुलन हुन सक्छ । त्यसले थाइराइडको समस्या बढाइदिन्छ ।
क्याफिन
क्याफिन भएका वस्तुले थाइराइड ग्लान्डमा असर पार्छन् र थाइराइड स्तर बढाइदिन्छन् । कफी पिउन छोड्नुस् ।
रातो मासु
यसमा स्याचुरेटेड फ्याट र कोलेस्ट्रोलको मात्रा अत्यधिक हुन्छ । यसले थाइराइड स्तर बढाउने र शरीर पोल्ने समस्या निम्त्याउँछ ।
सोयाबीन
सोयाबीन फाइटोएस्ट्रोजेन अत्यधिक हुन्छ । यसले हर्मोन बनाउने एन्जाइम फंक्सनमा बाधा गर्छ । यस्तो अवस्थामा सोयाबीनको सेवन पनि थाइराइड रोगीका लागि हानिकारक हुन्छ ।
आयोडीन नून, तारेको खानेकुरा, अत्यधिक गुलियो खानेकुरा र प्याकेज्ड फूड पनि खान हुँदैन ।
रक्सी र चुरोट पनि थाइराइड रोगीले सेवन गर्नुहुँदैन ।