• मंसिर १२ २०८१, बुधबार

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय भित्रै प्रदर्शन गर्दै महाप्रबन्धकको राजीनामा माग

असार २४ २०७८, बिहीबार

काठमाडौँ। गत मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका नेपाल वायुसेवा निगमका कर्मचारीहरु निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामाको माग गर्दै केन्द्रिय कार्यालय सुन्धारा अगाडि प्रदर्शनमा उत्रिएका छन्। कर्मचारीहरु महाप्रबन्धकको राजिनामा माग गर्दै प्रदर्शनमा उत्रिएछि निगमको केन्द्रिय कार्यालय परिसर तनावग्रस्त बनेको छ।

बिहीबार आन्दोलित निगमका विभिन्न ट्रेड युनियन सम्वद्ध कर्मचारीहरुले निगमको कार्यालयभित्रै नारावाजी र जुलुश प्रदर्शन जारी राखिएको नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले गोलमिडियालाई बताए। सरकारी निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र महाप्रबन्धक डिमप्रसाद पौडेलको राजिनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने डाँगीले बताए।

राष्ट्रको ध्वजावाहक, राष्ट्रको इतिहास बोकेको राष्ट्रिय वायुसेवा निगमलाई निजी स्वार्थमा रही महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पिन खोजेको भन्दै त्यहाँका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा छन्।

गएको मंगलबार नेपाल वायुसेवा निगमको संचालक समितिले निगमलाई बचाउन भनेर निजी-सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै संस्कृती,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै कर्मचारी र सरोकारवाला आक्रोशीत भएका छ। आन्दोलनको क्रममा कर्मचारीहरुले गत बुधाबार निगमको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि प्रहरी र कर्मचारीबीच टकरावको स्थिति उत्पन्न भएको थियो।