दाङ । दाङको तुलसीपुरमा झण्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
तुलसीपुर उमनपा–१५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर–५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर–६ का मीनकेतन गिरी, घोराही उपमहानगरपालिका– ७ का ४१ वर्षीय विनोद खाती र घोराही–१५ का छवि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले तुलसीपुर १० मा रहेको झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।
उनीहरूलाई बुधबार बेलुकी नियन्त्रणमा लिइएको थियो । उनीहरूविरूद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । file photo.