दक्षिण कोरिया । दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घण्टा यता मात्र कोभिडका संक्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् ।
यहाँ केही दिनयता कोभिडका संक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा सुरु हुदै छ । यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका संक्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २ सय १२ जना संक्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७ सय ५३ जना पुगेको बताइएको छ ।
यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।मङ्गलबार देखिएको १ हजार २ सय १२ जना संक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो ।
तर, पनि अघिल्ला दिनहरुमा यहाँ ७ सयभन्दा केही धेरै मात्र संख्याका संक्रमित भेटिएका थिए । त्यसमा बृद्धि भएर मङ्गलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो ।
यहाँका स्वास्थ्य अधिकारीहरुले गएको छ महिनापछि यहाँ यति धेरै संख्यामा संक्रमित भेटिएको बताएका छन् । यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ । बुधबार देखिएका यी संक्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा संक्रमितहरु देखिँदा अर्को वेभको त्रास बढेको समाचारमा जनाइएको छ । एजेन्सी