• मंसिर ११ २०८१, मंगलवार

व्यङ्ग्य : चिप्ले

असार २३ २०७८, बुधबार

हुन त चिप्लो भन्ने बित्तिकै हजुरलाई खोलामा लेउ लागेको वा लडेको याद आयो होला । नभा बेसरी सब्जीमा तेल हालेर सब्जी नि बिग्रेको चिप्लो तेलको खाना आहा..sssssssss आजकल कुरा नगर्नु सब्सिडी नपसे पनि घरघरमा ग्यास नभएको मान्छे पो छ कि छैन भनु त ?

ग्यास पनि बिमारीमध्येको एक निको नहुने रोग रहेछ, बिना सब्सिडी वाला । कुनै ग्यारेन्टी नभएको बिमारी । कतिबेला कसैलाई पनि हुनसक्ने । आजकल म पनि होसियार भएको छु यो चिप्लो ठाउँमा हिँडन । ? चिप्लेर लड्नु त । अहो उठाउने कोही हुँदैन तर तपाईंलाई हेरेर हाँस्ने मिडिया भनु कि लाइभ भनु हतार हतार फोटो लिनुमा हतारिन्छन, लाग्छ फोटो न लिए ठूलो गल्ती गरे झैं ।

होसियारीको जमानामा हामी होसियार हिँडनु पर्छ, नभा कसैले लेङ्गी थापेर लडाइदिने हो थाहा हुँदैन । अब हेर्नू न घर गाउँमा झगडा अलिअलि होस त्यसमा तेल, प्लास्टिक थपेर आगो लगाउनेहरु हुन्छन् । अपुई अझै तपाईंको घरको आन्तारिक कुरामा अरु आएर अझै झगडा लगाई जानेहरु पनि कम चिप्लेहरु हुन त ? चिप्ले पनि समाजको एउटा ठूलो धरोहर नि हो, नभा भगवानलाई पनि संसार चलाउनु निकै हम्मेहम्मे हुने थियो होला । यो अफिस भने जगतमा त झन बोसको प्रिय हुन हो कि के हो चिप्लेहरु देखेर म छक्क पर्छु ।

यहाँसम्म कि चिप्ले भन्ने प्राणीलाई नि अरुले के खायो के लायो, सब थाहा हुन्छ । को अफिस ढिलो आयो ? को छिटो गयो ? पयरा मिटरको काम चैं उसले नै गर्छ । सानो कुरा पनि ठूलो बनाएर मलजल गरिराखेर सुनाउनुमा माहीर भएर होला उ ठूलाबडाको अति प्रिय हुनजान्छ । उसको काम नि त्यति नि हो । अरुको कुरा लगेर ठोस्नु । अबुई । चिप्ले किरा जस्तै चिप्लिनुमा खप्पिस हुन्छ ।

ऊ हातबाट माछा उम्के झैं कुरालाई यति छिटो चिप्लाउँछ कि हजुर त टुवाँ…. परेर हेर्नू मात्र सक्नुहुन्छ । कुरा सत्य भए ५० प्रतिशत गोजीबाट मिलाएर घिउमा केरा मिसाए झैं मिसाई दिनुमा माहिर खेलाडी । चिप्लो कुरा पनि यति साह्रो कि फिक्का चियालाई पनि आँखा अघि गुलियो पारिदिन्छ कुराले नि । कुराका माहीर हो, उसको क्षमतालाई पनि म त कला नै भन्छु, हरेकको बसको बात होइन । जे होस् जीवन आआफ्नो हो । जसरी जिउनु छ, जिउने अधिकार छ । कसैको बाख्रा टाउकोबाट खाए पनि शरीरबाट खाए पनि भन्नु केही छैन, बस ।