• मंसिर १५ २०८१, शनिबार

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

असार २३ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेर फर्केपछि करिब १२ बजे सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको हो। आजको बैठकमा पार्टी एकतामा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

यसअघि मंगलबार बसेको बैठकमा असहमतिका कुरामा गम्भीर छलफल भएको तर, कुनै सहमति हुन सकेको थिएन।

जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि सोमबारदेखि औपचारिक छलफल शुरु गरेको हो । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।